एजेन्सी – रुसमा एक ट्याक्सी चालकले वातावरण संरक्षणका लागि प्रतिबद्धता जनाउँदै फोहर फाल्ने यात्रुलाई समातेर ट्याक्सीबाट फालिदिएका छन् ।

उक्त ट्याक्सीको पछाडि गुडिरहेको कारको ड्याशबोर्ड क्यामराले यो अनौठो दृश्य रेकर्ड गरेको हो ।

बीएमडब्ल्यू ट्याक्सीका यात्रुले हेलैले एउटा बोतल झ्यालबाट फ्याँकेको देखिन्छ । सेन्ट पिटर्सबर्गमा ट्राफिकमा रोकिएको बेलामा घटना भएको हो ।

फोहर फ्याँकिएपछि चालकले तत्कालै ट्याक्सी रोक्छन् र बाहिर निस्कन्छन् । अनि पछाडिको कारतिर हात हल्लाएर माफी माग्छन् ।

उनले सडक छेउबाछ बोतल उठाउँछन् अनि यात्रुतर्फको ढोका खोल्छन् ।

त्यसपछि उनले यात्रुको घाँटी र पाइन्ट समातेर ट्याक्सीबाट खँदारेर निकाल्छन् ।

अनि उनी गाडीलाई जताबाट आएको हो, त्यतैतिर फर्काउँछन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here