कोरोना संक्रमणबाट बागलुङमा एक महिलाको मृत्यु

फाइल तस्विर

बागलुङ, १४ जेठ । कोरोना संक्रमणबाट बागलुङमा थप एक महिलाको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालमा उपचाररत तमानखोला गाउँपालिका–५ की ६७ बर्षिय महिलाको शुक्रवार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या भएपछि जेठ ६ गते धौलागिरी अस्पतालको आइसियुमा भर्ना भएकी उनको उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।

‘जटिल प्रकारको कोभिड निमोनियाको समस्या रहेको उहाँलाई हाइफलो अक्सिजन लगाएर आइसियुमा उपचार भइरहेको थियो,’ धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले भन्नुभयो– स्वासप्रस्वासमा समस्या बढ्दै गएपछि आइसियुमा उपचारको क्रममा शुक्रबार विहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको बताउनुभयो ।

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here