चार दिनमा बागलुङमा ४ सय १२ जनालाई कोरोना संक्रमण

बागलुङ, १३ जेठ । बागलुङमा पछिल्लो चार दिनमा थप ४ सय १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पतालको पिसिआर परिक्षण ल्याबमा जेठ ९, १०, ११ र १२ गते बागलुङका ८ सय ५० जनाको पिसिआर परिक्षण गर्दा ४ सय १२ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

घिभिरेले बडिगाड गाउँपालिकाका ३५ जनाको पिसिआर गरिएकोमा २२ जना, बागलुङ नगरपालिकाको २२५ जनाको पिसिआर गरिएकोमा ९३ जना, बरेङ गाउँपालिकाका ३८ जनाको पिसिआर गरिएकोमा १६ जना, ढोरपाटन नगरपालिकाका ६८ जनाको पिसिआर गरिएकोमा २३ जना र जैमिनी नगरपालिकाका १०९ जनाको पिसिआर गरिएकोमा ७० जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

यस्तै काठेखोला गाउँपालिकाको १ सय ४२ जनाको पिसिआर गरिएकोमा ८२ जना, निसीखोला गाउँपलिकाको ३९ जनाको पिसिआर गरिएकोमा ७ जना, तमानखोला गाउँपालिकाको ११ जनाको पिसिआर गरिएकोमा ७ जना, ताराखोला गाउँपालिकाको २७ जनाको पिसिआर १४ जना र धौलागिरी अस्पतालको फिभर क्लिनिकबाट संकलन गरिएको १ सय ५६ जनाको पिसिआर गर्दा ७८ जनालाई कोरोना संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here