कोरोना संक्रमणबाट ढोरपाटनमा एक पुरुषको मृत्यु

फाइल तस्विर

बागलुङ, १२ जेठ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुर्तिबाङ कोभिड अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका वडा नम्बर २ का ७९ बर्षिय पुरुषको बुधबार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो १ बजे निधन भएको बताउनुभयो ।

फोकलपर्सन घिमिरेले जेठ ४ गते अस्पतालमा भर्ना भएका पुरुषको मंगलबार कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here