कोरोना संक्रमणबाट धौलागिरी अस्पतालमा थप दुईको मृत्यु

फाइल तस्विर

बागलुङ, ११ जेठ । कोरोना संक्रमणबाट धौलागिरी अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

धौलागिरी आइसोलेसन कक्षमा उपचाररत बागलुङ नगरपालिका–२ का ७९ बर्षिय पुरुषको मंगलबार विहान र पर्वत जिल्ला जलजला गाउँपालिका–५ का ६० बर्षिय पुरुषको सोमबार बेलुका मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जेठ ८ गते अस्पताल भर्ना भएका बानपा–२ का ७९ बर्षिय पुरुषको मंगलबार विहान ६ बजेर ३५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । उहाँले मृत्तक पुरुषलाई जटिल प्रकारको कोभिड निमोनिया र स्वासप्रस्वासमा समस्या रहेको जानकारी दिनुभयो ।

यस्तै बैशाख २४ गते अस्पतालमा भर्ना भएका जलजला गाउँपालिका–५ का ६० बर्षिय पुरुषको सोमबार बेलुका ७ बजे उपचारको क्रममा निधन भएको अस्पतालका निमित्त मेसु डा. पोखरेलले जानकारी दिनुभयो । उहाँले मृत्तक पुरुषलाई जटिल प्रकारको कोभिड निमोनिया र स्वासप्रस्वासमा समस्या देखिएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here