बागलुङ, १९ चैत । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा गठन भएको स्वास्थ्य आमा समुहले नवजात शिसु र सुत्केरी आमालाई घरमै पुगेर भेट गर्न थालेका छ ।

आमा समुहमा आबद्ध सदस्यले आफ्नो घरमा उपलब्ध वा स्थानीय स्तरमा उत्पादन हुने उपहार लिएर घरभेटमा पुग्न थालेका हुन । सुत्केरी आमालाई आमा समुहले स्वास्थ्य सुरक्षाको विषयमा जानकारी दिने महिला स्वास्थ्य स्वयमसेवीका गीता हमालले बताउनुभयो ।

‘हाम्रो सेवा क्षेत्र भित्रका महिला सुत्केरी हुँदा समुहका सबै सदस्य घरमै पुगेर भेट गर्छौँ’ उहाँले भन्नुभयो–‘स्वास्थ्यकर्मीसहित घरभेटमा जाँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहज हुन्छ ।’ विगत दुई बर्षदेखि स्वास्थ्य आमा समुह गठन गरेर स्वास्थ्य अभियानलाई निरन्तरता दिएको हमालले बताउनुभयो ।

एक स्वास्थ्य स्वयम सेविका भएको ठाउँमा एक स्वास्थ्य आमा समुह गठन गरिएको छ । सरकारले समुदायमा स्वास्थ्य आमा समुहको माध्यमबाट घरघर स्वास्थ्य सुचना प्रवाह गरी स्वास्थ्य सेवाको उपयोगमा बृद्धि गर्ने लक्ष्य लिएको छ ।

घरभेटमा जाने आमा समुहका सदस्यले साग, दाल लोकल कुखुराको अण्डा, स्थानीय जातको चामल, ध्यु, फलफूल जस्ता पौष्टिक खाना उपहार स्वरुप सुत्केरीलाई प्रदान गर्छन ।

समुदायको सहभागीतामा स्थानीय स्वास्थ्य संस्थाको स्वास्य संस्थाको स्वास्थ्य कार्यकर्ताले प्रजनन उमेरका महिलाहरुलाई समावेश गरी समुदायमा स्वास्थ्य आमा समूहको गठन गर्ने कार्यविधि छ । उक्त आमा समुहले महिलाको एक पटक बैठक बसी समुदायमा महिलाहरुको प्रजनन स्वास्थ्यको अवस्थाबारे छलफल र सहजिकरण गर्छन । बैठकमा स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधिको उपस्थिती रहने गर्छ ।

समुहमा आबद्ध महिलाहरुले सुरुमा एक एक सयका दरले रकम संकलन गरेर आकस्मिक कोषसमेत तयार गरेका छ । सृजन स्वास्थ्य आमा समुहले समुह सदस्यबाट संकलन गरेको मुल रकम परिचालनबाट हालसम्म साँवा ब्याज गरी एक लाख ७० हजार रुपियाँ पुगेको छ । उक्त रकम समुह सदस्यलाई १८ प्रतिशत ब्याजमा परिचालन गरिन्छ । प्रत्येक चार चार महिनामा साँवा ब्याज संकलन गरी पुनः आवश्यकताको आधारमा परिचालन गर्ने स्वयमसेवीका हमालको भनाई छ । घुम्ती कोषले समुहको आर्थिक संकट समाधानमा पनि सहयोग गरेको छ’ उहाँले भन्नुभयो–‘ स्वास्थ्य सुचना प्रवाहका साथै आर्थिक परिचालनमा समुह सहयोगी बनेको छ ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here