
काठमाडाैं, १८ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोध गर्दै राजधानी ढाकालगायत स्थानमा हिंसात्मक झडपहरू भए । स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रबार, शनिबार र आइतबार भएका झडपमा कम्तीमा १३ जनाको ज्यान जानुका साथै ३५ प्रहरीसहित ५५ जना घाइते भएका जनाइएको छ ।
मोदीले भारतमा मुस्लिम समुदायप्रति विभेदकारी नीति अवलम्बन गरेको तथा सामुदायिक हिंसा मच्चाएको आरोप लगाउँदै बंगलादेशमा उनको व्यापक विरोध गरिएको हो। मोदीको विरोधमा गरिएको प्रदर्शनको नेतृत्व धार्मिक कट्टरपन्थी समूह हिफाजत–ए–इस्लामले गरेको हो ।
बंगलादेशी र मुस्लिम आप्रवासीलाई भारतबाट लखेट्ने नीतिअनुसार मोदी सरकारले नयाँ कानुनहरू ल्याएको हिफाजत–ए–इस्लाम लगायतका समूहको आरोप छ । मोदी बंगलादेश भ्रमणमा जाँदा विरोध भएको हो भने उनी भारत फर्किसकेका छन् । कान्तिपुरमा खबर छ ।








