बागलुङका चार जना सहित गण्डकी प्रदेशमा ९ जनालाई कोरोना संक्रमण

बागलुङ, ८ चैत । बागलुङका चार जना सहित गण्डकी प्रदेशमा ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा आईतबार गरिएको पिसिआर परिक्षणमा बागलुङका ४, कास्कीका ३, म्याग्दीका १ र पर्वतका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर १ का ८१ वर्षिय एक जना पुरुष, वडा नम्बर ३ का ८० बर्षिय एक जना जना पुरुष, वडा नम्बर ४ का ३७ बर्षिय एक जना पुरुष र वडा नम्बर ३ का ६३ बर्षिया एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्की जिल्लाको पोखरा महानगरपालिका ३१ का ४५ बर्षिय एक जना पुरुष र माछापुच्छ्रे गाउँपालिका ४ का ४२ र ५२ बर्षिय दुई जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर १ का २८ बर्षिया एक जना महिला र पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ५ का ५० बर्षिया एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here