बरेङमा ट्याक्टर दुर्घटनाः तीन जना घाईते

बागलुङ, ८ चैत । बागलुङ जिल्लाको बरेङ गाउँपालिका वडा नम्बर ४ सल्लेरीमा आईतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । घाईते मध्य एक जनाको अवस्था गम्भिर रहेको र दुई जनाको

गुल्मीको शान्तिपुरबाट बरेङ गाउँपालिका–४ सल्लेरी जाँदै गरेको ध १ त ४८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक हलेसी गाउँपालिका वडा नम्बर ६ का केवल महरा, दैलेखको नारायणी नगरपालिका–६ का हस्त बहादुर मगर र उनकी श्रीमती मनिषा मगर घाईते घाईते भएका छन् । घाईते मध्य चालक महराको अवस्था गम्भिर रहेकोले उनलाई उपचारको लागि पाल्पाको तानसेन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले बताउनुभयो ।

उहाँले घाईते मगर दम्पतीको स्थानिय स्वास्थ्इ चौकीमा उपचार भइरहेको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here