बागलुङ, ८ चैत । काठेखोला गाउँपालिकामा चैतको ९ र १० गते काठेखोला गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

काठेखोला गाउँपालिका शिक्षा, यवा तथा खेलकुद शाखाको आयोजना र कला संस्कृति तथा खेलकुद विकास समितिको संयोजन तथा व्यवस्थापनमा दुई दिन प्रतियोगिता संचालन हुने प्रतियोगिताका संयोजक टिका संगम विकले जानकारी दिनुभयो ।

संयोजक विकले गाउँपालिकाका तीन स्थानमा प्रतियोगिता गरिने बताउनुभएको छ । उहाँले भीमसेन माध्यमिक विद्यालयको प्राङ्गण, काठेखोला जलजला खेलमैदान र विहुँकोट खेलकुदको हलमा प्रतियोगिता संचालन गरिने बताउनुभयो ।

दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रा भलिबल प्रतियोगिता, कबड्डी प्रतियोगिता, ट्रयाक, फिल्ड, मार्शल आर्टका विधामा प्रतिस्पर्धा हुने संयोजक विकले बताउनुभयो । प्रतियोगितामा ८५ जना खेलाडी छनोट हुने र उनीहरुले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाको तर्फबाट सहभागिता जनाउने छन् ।

प्रतियोगितामा गाउँपालिका भित्र रहेका ११ वटा विद्यालयका १८ वर्ष नपुगेका विद्यार्थीहरुले सहभागिता जनाउने संयोजक विकले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here