साँझ गोली हानी छोरीको हत्या, राति घरमा आगजनी

बैतडी, २६ माघ । माइती आएकी छोरीको गोली हानेर हत्या गरेका बैतडीको पुर्चौडी नगरपालिका १० का धनसिंह महराले आफ्नै घरमा आगो लगाएका छन् । महराले शनिबार साँझ ४ बजेतिर २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरी हत्या गरेका थिए ।

छोरीको हत्यापछि बन्दुकसहित जंगलतिर भागेका महरा अझै फेला परेका छैनन् ।

घटनास्थलमा खटिएका प्रहरी निरीक्षक हरिशरण भट्टले खोजी भइ रहेपनि महरा फेला पर्न नसकेको बताए ।

हतियारसहित भागेका महराले राति आएर आफ्नै पुरानो घरमा आगजनीसमेत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महराको दुई श्रीमती रहेको र उनीहरुसँग उनको विवाद भइरहन्थ्यो । सोही विवादबारे छोरीले सम्झाउँदा उनले आवेगमा आएर गोली हानेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here