आज २०७७ पुष ९ गते बिहिवारको राशिफल

आज २०७७ साल पुष ९ गते बिहिवार,
तदअनुसार डिसेम्बर २४, २०२०
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।
वृष
रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
मिथुन
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पाउनु हुनेछ ।
कर्कट
आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
सिंह
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।
कन्या
आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।
तुला
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
वृश्चिक
चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
धनु
आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । स्वादिष्ट भोजन पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।
मकर
आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।
कुम्भ
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाईन सक्छ ।
मीन
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here