आज २०७७ साल पुष ७ गते मङ्गलवारको राशिफल

आज २०७७ साल पुष ७ गते मङ्गलवार,
तदअनुसार डिसेम्बर २२, २०२०
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष
मनमा दुविधा उत्पन्न हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सहकर्मी बाट विरोध आउला । स्वास्थ्य बिगर बिग्र भय पनि छ ।
वृष
ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
|
मिथुन
आज आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।
|
कर्कट
आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाईसंग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
सिंह
अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । स्वास्थ्य विग्रिएला । आर्थिक कारोवारमा बिवाद आउनसक्छ ।
कन्या
रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । बौद्धिकताको विकास हुनेछ ।
तुला
वैदेशिक कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । लाभदायक यात्रा रहला ।
वृश्चिक
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।
धनु
पार्टी तथा सेमिनारमा सहभागी भईएला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।
मकर
आज नयाँ रोजगारको अवसर मिलनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । पारिवारिक सहयोग मिल्ला । दिनको उत्तरार्ध सुखद् रहनेछ । आकस्मिक धन लाभ हुनेछ ।
मीन
जोश जाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । आर्थिक कारोवारमा सफलता पाइएला ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here