
बागलुङ, २९ मंसिर । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले देश भ्रष्टचारमा चुर्लुममा डुबेको बताउनुभएको छ ।
नेपाली काँग्रेसले देशव्यापी रुपमा आज आव्हान गरेको विरोधसभा कार्यक्रम अन्तरगत बागलुङको सभालाई संबोधन गर्दै केसीले यो देश भ्रष्टचार र भ्रष्टचारीकको सरकारमा चुर्लुममा डुबेको बताउनुभयो । उहाँले सरकार वाइडबढि काण्ड, ३३ केजी सुन, ओम्नी प्रकरण, एति प्रकरण, बुढिगण्डकी, सेक्रेयुटि प्रिन्टिङ्ग प्रेस लगायतको भ्रष्टचारमा सरिक भएको आरोप लगाउनुभयो । उहाँले नेपाली जनता कोभिडको मारमा हुँदा कम्युनिष्ट सरकार सत्ताको जित र हारमा लडिरहेको बताउनुभयो ।
पूर्व मन्त्री समेत रहेका केसीले संघियताको अर्थ गाउँ गाउँमा अधिकार पुगेको भन्दा पनि भ्रष्टचार पुगेको जनताले महशुस गरेको बताउनुभयो । ‘पहिले केन्द्रमा सिमित रहेको भ्रष्टचार अहिले गाउँ–गाउँमा पुगेको छ’ केसीले भन्नुभयो–‘संघियताको अर्थ के भएको छभने पहिले भ्रष्टचार केन्द्रमा सिमित भएको थियो अहिले गाउँ–गाउँमा अधिकार पुग्यो भन्दा पनि भ्रष्टचार पुग्यो भन्ने भएको छ ।’
यस अगाडी केसीले दुई ठूलठूला पार्टी मिलाएर यो देशमा समृद्धि दिने, न्याय निर्माण गर्नु भन्ने भ्रमका पुलिन्दा झुटका खेती गरेर स्वर्ग जाने भ¥याङ्ग समेत बनाइदिन्छु भनेर जुन भ्रम छरेको थियो त्यो दुई वर्षको अवधिमा सम्पूर्ण जनतामा छर्लङ्ग भएको छ । अब हामीले जनतालाई त्यो बुझाउन जरुरी रहेको बताउनुभएको थियो ।
केसीले सरकारले लोकतन्त्रका सम्पूर्ण संस्थाहरुलाई निरिह बनाएकाले त्यसको रक्षा काँग्रेसले मात्र गर्न सक्ने बताउनुभयो । ‘ सरकारले लोकतन्त्रको नाममा पत्रकारका स्वतन्त्र अपहरण गर्ने, मानवअधिकार खोस्ने र स्वतन्त्र न्याय पालिकालाई बाध्ने जस्ता कामहरु गरेकाले लोकतन्त्र माथि चुनौती भएको छ,’ केसीले भन्नुभयो–‘यो देशमा लोकतन्त्रलाई अत्यन्त समस्या आउन सक्छ । त्यसैले लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेसले सडक आन्दोलनको सुरुवात गरेको छ ।’
कसीले काँँग्रेसले हिजो झापामा व्यक्ति हत्या गरेर सुरु गरेको एमाले र १७ हजार मान्छे मारेर देशको सम्पति तहसनहस गरेर हिंसात्मक अवस्थामा बसेको माओवादीलाई लोकतान्त्रीक मुलधारमा ल्याउनको लागि सहजिकरणको निम्ति एउटा एउटा एतिहासिक ठूलो योगदान दिएको आज देशमा शान्ति सुरक्षा कायम भएको बताउनुभयो । उहाँले लोकतन्त्रमा काँग्रेसले विरोधलाई प्रतिस्पर्धीको रुपमा हेर्ने गरे पनि कम्युनिष्टहरुले त्यसलाई विरोधीको रुपमा हेर्ने भएकाले उनीहरुबाट लोकतन्त्रको रक्षा नहुने बताउनुभयो ।
नेता केसीले नेपालमा पनि निर्वाचनबाट भस्मासुर पैदा भएको आरोप लगाउनुभयो । ‘लोकतान्त्रिक प्रक्रियामा अभ्यस्त एमाले र लोकतन्त्र स्वीकार गरेको माओवादी एक भएपछि लोकतन्त्रप्रति जवाफदेही होलान् भन्ने हामीले सोचेका थियौं,’ केसी भन्नुभयो,‘तर देशमा भस्मासुर पैदा हुन थाल्यो । अहिले हामी महाधिवेसनको तयारीमा छौं, महाधिवेसनपछि देशैभरी सरकारका गतिविधि विरुद्ध आन्दोलनमा होमिन्छौं ।’ काँग्रेसले लोकतन्त्र विरुद्ध कसैसंग सम्झौता नगरेको भन्दै अब पनि लोकतन्त्रको रक्षाका लागि लड्ने उनको भनाई थियो ।