बागलुङ नगरपालिकाका मेयर सहित थप चार जनालाई कोरोना संक्रमण

बागलुङ, २८ मंसिर । बागलुङ नगरपालिकाका नगर प्रमुख सहित बागलुङमा आज (आईतबार) थप चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिका वडा नम्बर ३ का ७३ र ५२ बर्षिय दुई जना पुरुष, वडा नम्बर २ का ३३ बर्षिय एक जना पुरुष र ५७ बर्षिया एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकराी दिनुभयो ।

उहाँले कोरोनाको लक्षण देखिएपछि गरिएको पिसिआर परिक्षणमा चार जनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । संक्रमितहरु मध्य बानपा–३ का ५२ बर्षिय पुरुष बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

संक्रमितहरु सवै होम आइसोलेसनमा रहेको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here