डाक्टर सहित बागलुङमा थप ७ जनालाई कोरोना संक्रमण

बागलुङ, २३ मंसिर । बागलुङमा एक जना डाक्टर सहित थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा सोमबार बागलुङ नगरपालिका वडा नम्बर २ का ५० र ६५ बर्षिय दुई जना पुरुष र ४, ३०, ५५ र ३५ बर्षिया चार जना महिला र वडा नम्बर ८ का ५० बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

फोकल पर्सन घिमिरेले संक्रमितहरु मध्य ३० वर्षिया महिला धौलागिरी अस्पताल बागलुङकी डाक्टर रहेको बताउनुभयो ।

उहाँले संक्रमितहरु मध्य केहि अस्पतालको आइसोलेसन र केहि होम आइसोलेसनमा बसेको जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here