कोभिड–१९ः भारतमा मृत्तकको संख्या १ लाख ३७ हजार नाघ्यो

काठमाडौं, १६ मंसिर । भारतमा कोेरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार १३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४४३ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३८ हजार ७७२ नयाँ संक्रमित थपिएका छन् ।

तथ्यांक अनुसार भारतमा ९४ लाख ३१ हजार ६९१ जनामा कोरोना संक्रमण भइसकेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here