
बागलुङ, १३ मंसिर । जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका वडा नम्बर २ हाडेपाखाबाट १ लाख १७ हजार रुपैयाँ सहित तीन जुवाडे पक्राउ गरेको छ ।
प्रहरीले शनिबार हाडेपाखा स्थित चन्द्रप्रसाद गैह्रेको घरमा तास खेलिरहेको समयमा बागलुङ नगरपालिका वडा नम्बर २ का तेजबहादुर के.सी., ३० बर्षिय यमबहादुर के.सी. र ५० बर्षिय तेजनाथ उपाध्यायलाई पक्राउ गरेको प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।
उहाँले उनीहरुको साथबाट १ लाख १७ हजार रुपैयाँ र ३ बुक तास समेत नियन्त्रण लिएको बताउनुभयो ।










