जैमिनी नगरपालिकाका कर्मचारी सहित बागलुङमा थप तीन जनालाई कोरोना संक्रमण

बागलुङ, १३ मंसिर । बागलुङको जैमिनी नगरपालिकाका एक जना कर्मचारी सहित बागलुङमा शनिबार थप तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा जैमिनी नगरपालिकाका २७ बर्षिय एक जना पुरुष कर्मचारी र काठेखोला गाउँपालिका वडा नम्बर ६ का १३ बर्षिय एक जना पुरुष र वडा नम्बर ८ का ५२ बर्षिया एक जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँले काठेखोला गाउँपालिकाका दुई जना संक्रमित कन्ट्याक टे«सिङ मार्फत पुष्टि भएको बताउनुभयो ।

यससँगै बागलुङमा कोरोना संक्रमितको संख्या ८ सय ३९ पुगेको छ । त्यसमध्य ८ जनाको मृत्यु भएको छभने ७ सय ४२ जना निको भएका छन् । बागलुङमा संक्रिय संक्रमितको संख्या ८९ रहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here