१ सय ५० केजी गाँजा नष्ट

बागलुङ, १२ बैशाख । जिल्ला प्रहरी कार्यालय बागलुङले १ सय ५० केजी चरेस बनाउन प्रयोग गर्ने कच्चा पदार्थ गाँजा जलाएर नष्ट गरेको छ ।

गत कात्तिक २९ गते जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ६ का ३४ बर्षिय टेक बहादुर घर्तीको घरबाट बरामद गरको १ सय ५० किलो गाँजा जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार नष्ट गरेको हो । प्रहरीले जिल्लाका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा गाँजा नष्ट गरेको थियो ।

प्रहरीले गाँजा सहित पक्राउ परेका घर्तीलाई जिल्ला अदालत बागलुङमा म्याद थप गरि अनुशन्धान गरिरहेको बताएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here