विद्यार्थी, शिक्षक र अस्पतालका अध्यक्ष सहित थप ९ जनालाई कोरोना संक्रमण

बागलुङ, १२ मंसिर । बागलुङमा विद्यार्थी, शिक्षक, व्यवसायी र धौलागिरी अस्पताल बागलुङका अध्यक्ष सहित थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा आज (शुक्रबार) बागलुङ नगरपालिका वडा नम्बर १ का २३, २२, ७१, २७ र २७ वर्षका पाँच जना पुरुष र ६५ बर्षिया एक जना महिला र वडा नम्बर ३ का ५४ बर्षिय एक जना पुरुष र ३८ बर्षिया एक जना महिला, वडा नम्बर २ का ४१ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँले संक्रमित मध्य बानपा–१ का ७१ बर्षिय पुरुष धौलागिरी अस्पताल बागलुङका व्यवस्थापन समितिका अध्यक्ष, ६५ बर्षिया महिला उहाँको श्रीमती र २७ बर्षिय पुरुष उहाँको छोरा रहेको घिमिरेले बताउनुभयो । यस्तै बानपा–१ का २३ र २२ बर्षिय दुई जना पुरुष विद्यार्थी र २७ बर्षिय एक जना पुरुष शिक्षक, बानपा–३ का ५४ बर्षिय एक जना पुरुष व्यवसायी रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

यस्तै बानपा–२ का ४१ बर्षिय पुरुष र बानपा–३ की ३८ बर्षिय महिलालाई कोरोना भाइरसको लक्षण देखिएपछि धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा भर्ना भई स्वाब परिक्षण गर्दा संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

संक्रमितहरुलाई होम आइसोलेसन र पालिका र अस्पतालको आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here