
काठमाडौं, १२ मंसिर । नेपालमा कोरोना संक्रमित मृतकको संख्या बढ्दै गएको छ । पछिल्लो ११ दिनमा मात्र १ सय ९१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
जबकी कात्तिक महिनाको यत्ति नै अवधिमा १ सय ६१ जना संक्रमितको मृत्यु भएको थियो । असोजको ११ गतेसम्मको तथ्यांक अनुसार पनि ९८ जना संक्रमितको मात्र मृत्यु भएको थियो ।
बिहीबार मात्र २३ जना संक्रमितको मृत्यु भएको छ। यसअघि बुधबार मृतकको संख्या २८ थियो ।











