
बागलुङ, ११ मंसिर । बागलुङमा स्वास्थ्यकर्मी सहित थप ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा आज (बिहिबार) एक जना बैंकका कर्मचारी र धौलगिरी अस्पताल बागलुङका एक जना स्वास्थ्यकर्मी सहित थप चार जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
उहाँले अस्पतालमा कार्यरत २१ बर्षिया एक जना महिला स्वास्थ्यकर्मी र बागलुङ नगरपालिका वडा नम्बर १ का ४० बर्षिय एक जना पुरुष र वडा नम्बर २ का ४० बर्षिय एक जना पुरुष र वडा नम्बर ३ का ४० बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।










