म्याग्दीमा स्वास्थ्यकर्मी र गाउँपालिका कर्मचारी सहित ५ जनालाई कोरोना पुष्टि

म्याग्दी, ६ कार्तिक ।
म्याग्दी जिल्लाको बेनी अस्पतालका दुई जना स्टाफ नर्स र गाउँपालिका कर्मचारी सहित ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा आज गरिएको पिसिआर परीक्षणमा बेनी अस्पतालका वर्ष २७ र २१ क दुई जना स्टाफ नर्स र मंगला गाउँपालिकाका ३५, २८ र २४ बर्षिय तीन जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती जारि गरि संक्रमित बेनी अस्पतालका स्टाफ नर्स र मंगला गाउँपालिकाका तीन जना पुरुष सोहि पालिकाका कर्मचारी रहेको बताउनुभएको छ ।

संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here