
बागलुङ, ५ कार्तिक । स्वास्थ्य कार्यालय बागलुङका एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा स्वास्थ्य कार्यालय बागलुङका ४६ बर्षिय एक जना पुरुष कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।
संक्रमित कर्मचारीलाई कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको फोकल पर्सन घिमिरले बताउनुभयो । उहाँ होम आइसोलेसनमा रहेको घिमिरेले बताउनुभयो ।
बागलुङमा संक्रमितको संख्या ६ सय २८ पुगेको छ । संक्रमितहरु मध्य ४ सय २६ जना निको भइ घर फर्किएका छन्भने चार जनाको मृत्यु भएको छ ।










