काठमाडौं, २७ असोज । भारतको तेलंगानामा रहेका ३३ वर्षीय बुस्सा कृष्णको आइतवार अपराह्न हृदयघातका कारण मृत्यु भएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको मूर्ति बनाएर पूजा गरेपछि कृष्णको निकै चर्चा भएको थियो ।

उनका परिवारका सदस्यहरूले बताएअनुसार, चिया पिउँदै गर्दा कृष्ण अचानक ढले । उनलाई तत्कालै तूपरानस्थित स्थानीय अस्पताल लगियो । अस्पताल पुग्नुअघि नै उनको देहान्त भएको चिकित्सकहरूले बताए ।

‘ट्रम्प र मेलानियालाई कोरोना लागेको थाहा पाएपछि विगत केही सातादेखि उनी निराश थिए । तर उनी स्वस्थ नै थिए र विगतमा कुनै स्वास्थ्य समस्या थिएन,’ उनका भाइ विवेकले पत्रकारहरूलाई बताए ।

सन् २०१८ मा ट्रम्पको तस्वीर पूजाकोठामा राखेर अन्य देवीदेवतासँगै दिनदिनै पूजा गर्ने गरेको पाइएपछि मिडियामा उनको चर्चा चुलिएको थियो ।

पोहोर साल उनले आफ्नो घरअगाडि ट्रम्पको ६ फीट अग्लो मूर्ति बनाएका थिए । उनी मूर्तिलाई दिनदिनै पूजा गर्थे र दूधले नुहाइदिन्थे ।

उनले घरभरि ट्रम्पका तस्वीरहरू टाँसेका छन् र ट्रम्पको प्रशंसा गर्दै भित्तामा विभिन्न कुरा लेखेका छन् । ट्रम्पको नाम भएको टीशर्ट समेत उनले लगाउने गरेका थिए ।

ट्रम्पप्रतिको भक्तिका कारण उनलाई गाउँलेहरू ट्रम्प कृष्ण भनी बोलाउँथे ।

केही समयअघि मात्र उनले ट्रम्प कोरोनाबाट छिट्टै मुक्त हुन् भनी रुँदै भिडियो बनाएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here