टिकाबहादुर कार्की
कोभिड–१९ को कारण आर्थिक गतिबिधी ठप्प हुँदा बेरोजगारी, अभाव र गरिबीबाट न्युन आय भएका वा बेरोजगारदेखि धनाड्यसम्म थला परेका छन् । कोही आर्थिक समस्या त कोही कोरोनाको कारण परिवारका सदस्य गुमाउदा त कोही अन्य विविध कारणले कुहिरोको काग बनिरहेका छन् । यो समस्या कहिलेसम्म रहने हो, समाधान के आउला ? कोही कसैले ग्यारेन्टी लिन सकेका छैनन् । नहुने त नहुने भैहाले, हुने खाने र बिलाशिताको जीवन बाँचीरहेकाहरु पनि कोही काम गर्दै त कोही चाहे अनुसार पहिले जस्ता सेवा सुबिधा भोग गर्दै मस्ती गर्न नपाउँदा छटपटिएका होलान ।

यो लेखको आशय आज परेको “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य दिवस” तर्फ फर्केर हेर्दा सन १९९२ पुर्व नै दुनियाँमा मानसिक समस्या एउटा रोगको रुपमा बिकसित भैसकेको हुँदा मानसिक स्वास्थ्य दिवस मनाएर भविष्यमा यो समस्या नियन्त्रण गर्दै जाने उद्देश्यले बिविध कार्यक्रम संचालन गर्नु नै थियो होला । तर, आजसम्म करिब १ अरब मानिस यो समस्याबाट ग्रसित हुनुका साथै करिब ३० करोड मानिस डिप्रसनको सिकार भएको दाबी गरिएको छ । मानसिक समस्या सृजना हुन नदिन कतिपयले लागुऔषध, लागुपदार्थ वा कुनै नसालु पदार्थको सेवन गर्दा बार्षिक ३० लाख मानिसको मृत्य हुने गरेको स्थितीबाट मानवलाई मुक्ति पाउने सम्भावना कहा छ ?

प्रकृती नै एक चलायमान अर्थात चक्रिय प्रणालीमा अस्तित्वमा छ भने हामी यही प्रकृतिमा जीवन र मरणको भाग्य लिएर आएका मानव निस्कृय रहेर चिन्ता गर्नुनै मानसिक समस्याको कारण हो । केही घटना, परिघटना, असफलता वा दुःखद स्थितीलाई हेरेर चिन्तामा डुव्यो भने चितामा चढ्ने समय छिट्टै नआउला भन्न सकिन्न । म कुनै आधिकारिक बिश्लेषक नभएता पनि मानसिक अस्वस्थतालाई निराकारण गर्ने उपायहरु यस प्रकार देख्छु ः
१) परामर्श सेवा,
२) समन्वय,
३) सहयोग,
४) सहजता,
५) सकारात्मक सोंच र
६) सन्तुष्टी ।
बिपत्तीसंग संघर्ष गर्दै अस्तित्व रक्षाका साथै दैनिक प्रगतीपथमा लम्की रहेको मानवले अब फरक फरक क्षमताको पहिचान, प्रतिस्पर्धाको वातावरण सृजना, दक्षता अनुसार कार्य वातावरणको व्यवस्थापन गर्दै मानसिक चिन्तारहित समाजको सृजना गर्न सक्यौ भने मात्र बिकृती र बिसंगति देख्नुपर्ने छैन र बिकृत मानसिक रोगीका कारण अकस्मात हुन सक्ने घटनाको कारण अमुल्य क्षेती व्यहोर्नुपर्ने छैन । यो मेरो वा अरुको भन्ने भावना त्यागेर व्यक्ति, समाज वा नीजि क्षेत्र, सरकारी गैरसरकारी निकायका कार्यक्रमहरु संचालन हुनुपर्छ । जस्तैः कोभिड १९ को अबस्थामा “जब प्रत्यक व्यक्ति सुरक्षित हुँदैन तबसम्म हामी कोही पनि सुरक्षित हँुदैनौ” भने जस्तै समस्याग्रस्त व्यक्ति जहाँ पुग्दा पनि त्यहाँ कुनै घटना घट्न सक्छ । किनकि मानसिक समस्या ग्रस्त व्यक्तिले समयमा सहि परामर्स र उत्साहपुर्ण सहयोगको वातावरण नपाउदा स्थितिको सही मुल्यांकन गर्न सक्दैन र परिस्थितिको प्रभावमा पर्न सक्छ । हामी कहां प्रसस्त प्राकृतिक तथा मानवजन्य श्रोत साधनको सम्भावना उपलव्ध छ ।

संचार, यातायात, बिद्युत, स्वास्थ्य, शिक्षा, कृषी, पर्यटन, उद्योग, खेलकुद, कला र संस्कृती लगायतका स्थानमा मानिसले जे चाहान्छ, जे गर्न सक्छ, त्यो भौतिक तथा आध्यात्मिक सेवा, सुबिधा र अवसरको कमी छैन । केवल मानिसको चाहाना र क्षमता अनुसारको अवसर उपलव्ध पर्यो । रोजगारदाता समस्या पर्दा उसलाई पनि राहत तथा पुनरुत्थानको आवश्यकता पर्न सक्छ । गरिब तथा बेरोजगारलाई मात्र होईन, अथाह लगानी गर्दै, राज्यलाई कर तिर्दै, बेरोजगारलाई रोजगारी उपलव्ध गराउने र राष्ट्र निर्माण र बिकासमा अमुल्य योगदान पुर्याउने निजी क्षेत्रलाई बिपत्तीका बेला केही राहत तथा पुनरुत्थानका बृहत योजनाले मात्र लगानी कर्ता, उसको परिवार र समग्र कर्मचारी तथा कामदारको मानसिक स्थितीमा प्रभाव पार्छ । त्यस कारण हरेक नागरिक स्वस्थ हुनु जरुरी छ । स्वस्थ मानसिकता र स्वस्थ शरिर दुबै व्यक्ति, परिवार, समाज र राष्ट्रका अमुल्य साधन हुन् । हामी आफु मात्र बनेर होईन अरुलाई पनि स्वस्थ बन्न दिऊँ वा स्वस्थ बनाउन योगदान गरौं ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here