आज २०७७ साल असोज ९ गते शुक्रवार,
तदअनुसार सेप्टेम्बर २५, २०२०
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष: आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।

वृष: आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

मिथुन: धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कर्कट: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् ।

सिंह: आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रापनि होला ।

कन्या: आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथीको आगमन हुनेछ । संगीतमा रुचिपनि बढ्नेछ ।

तुला: धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

वृश्चिक: ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

धनु: आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभपनि हुनेछ ।

मकर: आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ ।

कुम्भ: आज रोकिएका आधुरा काम पुन: सुचारु हुनसक्छ । शुभ र मंगल कार्यको चर्चा चल्नेछ । नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्छ ।

मीन: आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग रहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here