पाल्पामा पहिरोले ३ घर पुरिदा गर्भवती महिलासहित ६ जना बेपत्ता

काठमाडाैं, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा लगातारको वर्षापछि गएको पहिरोमा ३ घर पुरिएको छ । बिहान गएको पहिरोमा परि ३ घर पुरिँदा १ जना गर्भवती महिलासहित ६ जना बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिए ।

रम्भा गाउँपालिका वडा नम्बर २ को फोक्सिङकोटस्थित घर माथिबाट खसेको पहिरोमा परेर ३ घर पुरिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष भण्डारीले लोकान्तरलाई भने, ‘हामी पैदलमार्ग हुँदै घटनास्थलतर्फ जाँदै छौं, हिंडेको डेढ घन्टा हुनै लाग्यो, अझै १ घन्टा लाग्छ ।’

घटनास्थलमा पुग्नका लागि सडकमा पहिरो जाँदा ढिलाई भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी मदन गिरीले लोकान्तरलाई बताए ।

उद्दारका लागि प्रहरीको टोली गएको भएपनि बाटोमा पहिरो गएकाले बीचबीचमा अवरोध भएको उनले बताए ।

उनले भने, ‘पहिरो पन्छाउँदै टोली अगाडि बढिरहेको छ, घटनास्थल पुग्न केही समय लाग्छ ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here