खर्वाङमा पहिरोमा पहिरो जाँदा ३ घर जोखिममा

कमल पौडेल
खर्वाङ, ७ असोज । गएराति देखि परेको अविरल वर्षाको कारण बडिगाड गाउँपालिका वडा नं. २ को खर्वाङ बजार माथिवाट पहिरो खस्दा ३ घर जोखिममा परेका छन् । मध्यपहाडि लोकमार्गको छेउमा रहेका बावुराम जिसि, सिता खत्रि र टक बहादुर काउचाको घर जोखिममा परेको हो ।

पहिरोले केहि समय मध्यपहाडि लोकमार्ग समेत अवरुद्ध गरेको थियो । माथिवाट डुडेवाचौर सामुदायीक बन सहितको क्षेत्रबाट झरेको पहिरो लोकमार्गमा अडिएको छ । स्थानिय बासिन्दा तथा प्रहरीको सक्रियतामा सडक सञ्चालनमा आएको छ । सामुदायीक बन क्षेत्रबाट चर्किएकोले सो क्षेत्रमा अझै पनि पहिरो खस्न सक्ने संभावना देखिएको छ ।

त्यस्तै डुडेवाचौर भन्दा माथिपट्टी दनियाको थुम्काबाट ठूलो पहिरो जाने संभावना वढेको छ । लगातार परिरहेको वर्षाको कारण माथिबाट पहिरो खसेर केहि तल आएर अडिएको छ । निरन्तरको वर्षा नरोकिने हो भने सिँगो डुडेवाचौरको बस्तिनै खतरामा देखिएको छ ।

त्यस्तै वडा नं. २ कै हाँडिखोलो पनि वढेको छ । सोहि खोलाको कारण हाँडिखोलाको वस्ति समेत जोखिममा परेको छ। निरन्तर परिरहेको वर्षाको कारणले विभिन्न स्थानमा पहिरो खसिरहेको छ ।

यसैविच वडिगाड गाउँपालिका का अध्यक्ष मेहरसिंह पाइजा, उपप्रमुख अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा, वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन, वडा नं. ६ का अध्यक्ष मौसमकाजि क्षेत्रि, वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर केसि, वडा नं. १० का अध्यक्ष विरेन्द्र बुढा लगाएतले पहिरोको निरिक्षण गर्नुभएको छ । दिउसोको समयमा पहिरो गएकोले कुनै मानविय भएको छैन । सो क्षेत्रमा पहिरो हेर्न तथा उद्धारको लागि सयौं मानिसहरुको उपस्थिति रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here