नेपालमा थप ११७४ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ असोज । पछिल्लो २४ घण्टामा ११७४ जना कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज १८९३ जना निको भएका छन् । हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेकाे मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here