बागलुङ, ७ असोज । रसियामा सम्पन्न ११ औ अन्तराष्ट्रिय मार्सलआर्ट फेस्टीवलको अनलाईन कराते काता प्रतियोगितामा बागलुङले ३ पदक जितेको छ ।
प्रतियोगितामा नेपालको तर्फबाट सहभागि बागलुङको काठेखोला गाउपालिका ५ बिहुंकोटका खेलाडीले २ र जत र १ कास्य गरि ३ पदक जितेका हुन ।

प्रतियोगितामा प्रशिक्षक कृष्ण प्रसाद कंडेलले पुरुष भेट्रान्स काता तर्फ १ कास्य पदक जित्न सफल भएका थिए भने महिला तर्फ १६—१७ बर्ष समुहमा गुन्जन श्रीश र पुरुश तर्फ १६—१७ बर्ष समुह मा सिशिर पुन ले १—१ रजत पदक प्राप्त गर्न सफल भएका छन ।

रसियाको साईवेरीयामा आयोजना गरिएको प्रतियोगितमा विश्वका १ दर्ज भन्दा वढी देशका खेलाडी सहभागी थिए ।
कोरोनाको कारण नेपालवाट सहभागीले अनलाईनवाट काता प्रस्तुत गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here