बागलुङ, ६ असोज । जिल्ला प्रहरी कार्यालय बागलुङले मंगलबार फरार तीन प्रतिवादीलाई पक्राउ गरेको छ ।

बागलुङ जिल्ला अदालतबाट मुद्धा फैसला भई फैसला कार्यान्वयन हुन बाँकी रहेका तीन जनालाई लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताउनुभयो ।

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी गल्कोट नगरपालिका–१ का ३२ बर्षिय होम बहादुर कुँवर र ४१ बर्षिय हिरा बहादुर घर्ती मगरलाई उनीहरुको घरबाटै पक्राउ गरेको प्रनाउ रेग्मीले बताउनुभयो । यस्तै लागु औषध मुद्धाका प्रतिवादी बागलुङ नगरपालिका–६ का २६ बर्षिय अनुराग सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको प्रनाउ रेग्मीले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई आज जिल्ला अदालतमा दाखिला गरिएको प्रनाउ रेग्मीले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here