२४ घण्टामा १३ सय वढि संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं १५, भदौ ।
पछिल्लो २४ घण्टामा मुलुकभर १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ नमुना परिक्षण गरिएकोमा १३ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो ।

गातमका अनुसार ४६४ महिला र ८९५ पुरुष गरी कुल १३ सय ५९ नयाँ संक्रमित फेला परेका हुन् । यो सँगै हालसम्म मुलुकभरि कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

साथै २४ घण्टामा ज्यान गुमाउनेको संख्या १४ रहेको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको प्रवक्ता गौतमले पत्रकार संमेलन मार्फत जानकारी दिएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here