शिव बोहोरा (राहुल)
जात के हो ? जात के का लागि ? के बाहुन क्षेत्रीहरु साच्चै उच्च जात हुन त ? के दमाई, कामी, सार्की, पोडे आदि तल्ला र अछुत जात हुन ?
समाजमा जातपात र छुवाछूतको व्यवहार नभए कति जाती हुने थियो । के जातपात र छुवाछूत बाट मुक्ति पाउने कुनै उपाय छैन त ?
जातका कारणबाट म जस्तै करोडौं दलित जनजाति माथि परेको अन्यायबोध भए पछि मलाई यस्ता प्रश्नहरुले सताईरहेको छ । तर मनका जिज्ञाशाको सहि र बस्तुनिष्ठ जवाफ नपाउदा सधै निराश हुनुपरेको छ ।
मलाई लाग्छ, जातीय भेदभाव परेका सबैलाई यस्तै प्रश्नले सताउने गरेको छ । जुन समाजमा हामी जन्म्यौ हुर्क्यौ त्यही समाजले हामिलाई आज सम्म पनि अनेकौं जात र वर्णहरुमा बिभाजन गरेको छ । जातपात र छुवाछूतको यातनाबाट सधैका लागि मुक्त हुन चाहन्छौ हामी । तर मुक्ति कसले दिने, कसरी मुक्ति प्राप्त गर्ने । यस्तै हजारौं प्रश्नहरु छन ?
अहिले हामी दलितहरु इनारको पिधमा छौ र हामिलाई पिधबाट उदार गर भनेर चिच्याईरहेछौ तर सबैले रमिता मात्रै हरेर बसिरहेका छन सहानुभूति देखाउने र आँसु चुहानेहरु बाहेक भेदभाव रुपि ईनारको पिधबाट बाहिर निकाल्ने कोहि भएन्न ।
हामिलाई अछुत बनाउनुको कारण कसलाई थाहा छैन । संविधान र कानुनको दृष्टिमा सबै नागरिक लाई समान देखिन्छ । जातपात र छुवाछूत गर्नु मानवीय अपराध पनि हो । तर मेरो देशको कानुन सविधानको किताबमा मात्रै सिमित छ । छुवाछूत जस्ताको तस्तै छ ।
दलित पनि त नेपालि नागरिक हुन तर यहि देशका एक थरी नागरिकहरुबाट जातीय उत्पीडितमा परेका छन ।
नेपालमा जात अनुसारको काम यसरी शुरु गरियो थियो
पररापुर्व कालमा नेपाली समाजमा काम अनुसारको मान्छे लाइ जात बिभाजन गरिएको थियो । जति जति जात सानो हुँदै जान्छ काम उक्त जातको ब्यक्तिले गर्नु पर्ने छ । जस्तो कि ब्राह्मणको काम पढने पढाउने, पुजा पाठ आदि तोकिएको छ । भने शुद्रको काम ब्राह्मण र क्षेत्रीहरुको सेवा गर्ने भनेर तोकियो । त्यस्तै सार्कीहरुको काम जुता सिलाउने र जुता टालटुल गर्ने र मरेका गाईबस्तुबाट विभिन्न सामाग्री बनाउने, त्यस्तै दमाई हरुले कपडा सिलाएर बस्नुपर्ने, र बाजा बजाउनु पर्ने, त्यस्तै कामीहरुले घन ठटाउदै बस्नुपर्ने, नेवारहरु पसल खोलेर नाफा कमाएर बस्नुपर्ने, लगाएत अन्य कामका आधारमा रहेर जात बिभाजन गरिएको थियो । हिजो सम्म पनि यी जातहरुले यस्ता काम लाई आफ्नो जातले पाएको काम भन्दै हाँसीहाँसी गर्दथे ।
किन कि उनीहरुलाई वर्णा श्रमको व्यवस्थाले अन्धो र अपाङ्ग जस्तै बनाएको हुदा वास्तविकता बुझन असमर्थ थिए । जातले पाएको काम भन्दै अहिले सम्म पनि अधिकाश गन्धर्वहरु सारङ्गी बजादै, घटना र समाचारहरु गितको रुपमा सुदै हिडनु हुन्छ ।
दलितमा गनिएका कामि, दमाई, सार्की, च्यामे आदि सबै जातहरुले तिनै जातगत पेशाहरुले अहिलेसम्म पनि हात मुख जोर्ने मुख्य पेशाका रुपामा लिनु परिरहेको छ । “दलितहरुले अहिले सम्म पनि होटेल चलाउन सक्तैनन । अहिले सम्म पनि गाईभैसि पालेर दूध दहि बेचन सक्तैनन । गुरुकुलमा गएर सस्कृतभाषा पढन पाउदैन । नेपालको सबै भन्दा ठूलो पद प्रधानमन्त्री लगाएत अन्य ठुलो पदमा पुग्न सक्तैनन् ।
जातपातबाट मुक्तिका लागि केही शर्त
दलितहरुले आफ्नो मुक्ति कसरी हुन्छ भने बारेमा ब्राह्मणबाजेका फाल्तु कुरा सुन्ने होइन कि अब आफैले नयाँ किसिमले सोच्नुपर्दछ र नया किसिमले लडाइ लडनुपर्दछ । दलित मुक्तिका बारेमा परम्परागत सोचाइ भन्दा अलि भिन्दै किसिमले दलित समस्यालाई बुझाउने प्रयास गरिनु पर्दछ । अनुभवले के देखाएको छ भने हरेक आन्दोलनका आफ्नै लक्ष्य र गन्तव्यहरु हुन्छ न र गन्तव्यमा पुग्नका लागि स्पष्ट दृष्टिकोण र योजना हुनुपर्दछ नत्र भने गन्तव्यमा नपुदै समय बित्छ । दलित मुक्ति आन्दोलनका लागि दलितहरू बन्दुक भिर्नु पर्छ भनेको होइन, तर दलित समस्यको नालिबेलि थाहा पाउने राम्रो हुन्छ । यसलाई मान्दा दलित मुक्ति हुने र नमान्दा दलित मुक्ति नहुने भनेको पनि होइन । दलि मुक्तिका लागि केहि शर्त हरु भन्दै छु ।
पहिलो शर्त: भ्रमबाट मुक्त हुनुहोस् ।
दोस्रो शर्त: आफ्नो मुक्ति प्रती बिश्वस्त रह्नुहोस् ।
तेस्रो शर्त: अन्याय र अत्याचारको सधै बिरोध गर्नुहोस् ।
चौथो शर्त: समान्ती जात बिभाजनलाई अस्वीकार गर्नुहोस्
पाँचौ शर्त: जात प्रथाको अन्त्यको माग गर्नुहोस् ।
छैठो शर्त: दलित एकताको पक्षमा दृढ रहनुहोस् ।
सातौ शर्त: प्रगतिशिल तथा प्रजातान्त्रिक सिद्धान्त र पद्धति लाई अगाल्नुहोस् ।
आठौं शर्त: हिसाको सधै बिरोध गर्नुहोस् ।
नबौ शर्त: ब्यक्तिलाई होइन उसको गलत बिचार र व्यबहारलाई घृणा गर्नुहोस् ।
अन्त्यमा, के तपाई आफ्नो र लाखौं दलितको मुक्तिका लागि माथिका शर्त मान्न तयार हुनुहुन्छ ? यदि हुनुहुन्छ भने छाती पिटेर भन्नुहोस् म यी शर्तहरु मान्न तयार छु भनेर यसबाट तपाई र तपाईका सन्तानलाइ फाईदा पुग्ने छ ।
“हामीले अब आउने हाम्रा सन्ततिलाई छुवाछूत र भेदभाव रहिद समाज दिनु छ”
अर्को भागको लागि प्रतिक्षा गर्नुहोला ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here