पछिल्लो २४ घण्टामा थपिए १२ सय २१ कोरोना संक्रमित

काठमाडौं, १४ भदौ ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ जना पुगेको छ ।

आइबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५  संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ८२२ उपचारपछि निको भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here