माधव नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना

काठमाडाैं, ६ भदौ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका अंगरक्षकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा २ जना जनपद प्रहरी र ७ जना सशस्त्र प्रहरी रहेका छन् । नेपालको सपरिवार र उनको सुरक्षामा खटिएका सुरक्षा निकायको स्वाब बिहीबार संकलन गरेर परिक्षण गर्दा सुरक्षामा खटिएका ९ जना अंगरक्षकलाई कोरोना पुष्टि भएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।

शुक्रबार आएको रिजल्टले ९ जनामा कोरोना भाइरस देखिएको छ । कोरोना संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ ।

Soc: farakdhar

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here