२४ घण्टामा ८१८ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं, ७ भदौ ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९३५ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा आज १६६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १२६ भक्तपुरमा २८ र ललितपुरमा १२ जना थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १८ हजार ६३१ उपचारपछि निको भएका छन् ।

नेपालमा हालसम्म १५० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here