आज २०७७ भदौ ५ गते शुक्रवारको राशिफल

आज २०७७ साल भदौ ५ गते शुक्रवार,
तदअनुसार अगस्ट २१, २०२०
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष: आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

वृष: आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रापनि हुनेछ ।

मिथुन: मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक/सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ ।

कर्कट: आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक साथ र समर्थन मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

सिंह: आज लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।

कन्या: आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ, तर स्वस्थयको विशेष ख्याल गर्नु पर्नेछ ।

तुला: आज घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । आर्थिक पक्षपनि कमजोर रहनेछ । स्वस्थप्रति बढी सजक हुन आवस्यक छ ।

वृश्चिक: मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

धनु: आज सजिलै अरुको बिश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाईनेछ ।

मकर: आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । प्रेमिको साथ पाईनेछ ।

कुम्भ: आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अत: वाणीमा लगाम लगाउन आवस्यक हुन्छ ।

मीन: शुभ कार्यको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

hamropatro.com

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here