कोरोना अपडेटः पछिल्लो २४ घण्टामा एक हजार बढीमा संक्रमण पुष्टि

बागलुङ, २ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै १०१६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।

मंगलबारसम्म १३ हजार ९२६ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १० हजार ५६३ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ४३९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ५ लाख ४२ हजार ८६६ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here