बागलुङ, २ भदौ ।
तीजमा माइत जान नपाएका धेरै चेली र कोरोना कहरलाइ समेटेर दुनाटपरी रोधी घर युटुव च्यानलले सन्देशमुलक तिजे दोहोरी सार्वजनिक गरेको छ ।

कोरोना कहरमा माइत जानु भन्दा सबै सुरक्षित रहनुहोला भन्ने सन्देश दिदै गायक प्रेम थापा, तुल्सि थापा, सरस्वती खड्का परियार, मुना कार्कि र प्रतिमान थापाले उक्त दोहोरी गित लाइभ गाएका हुन् ।

बिमा कुमारी दुरा र पुरुसोत्त्म न्यौपानले गाएको गितको लयमा रहेको उक्त सन्देशमुलक तिज दोहोरी बागलुङमा छायाँकन गरिएको हो ।

मनोरञ्जना र सचेतना सहितको सामाग्री राख्ने गरि रोधीघर सञ्चालन गरिएको सँयोजक सज्जन कुमार सिँहले बताए । उक्त लाइभ दोहोरीको भिडियो छायाँकन, सम्पादन र निर्देशन जे.आर.सि मिडिाले गरेको हो ।
हेर्नुहोस् भिडियो

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here