नेपालमा कोरोना संक्रामणका कारण मृत्यु हुनेको संख्या ९५ पुग्‍यो

काठमाडौँ, २९ साउन ।
सरकारले बिहीबार अपरान्हसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार जनाले ज्यान गुमाएसँगै कोरोना संक्रमितको मृत्युको संख्या ९५ पुगेको जानकारी दिए ।

उनकाअनुसार मृत्यु हुनेहरुमा प्रदेश १ मा ८ जना पुरुष, प्रदेश २ मा २८ जना पुरुष र ११ जना महिला गरेर ३९ जना र बागमती प्रदेशमा १३ जना पुरुष र ५ जना महिला गरेर १८ जना रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ६ जना पुरुष, प्रदेश ५ मा ९ जना पुरुष र ३ जना महिला गरेर १२ जना, कर्णाली प्रदेशमा ४ जना पुरुष र सुदुरपश्चिम प्रदेशमा ५ जना पुरुष र ३ जना महिला गरेर ८ जना कोरोना संक्रमणबाट मृत्यु भएका प्रवक्ता डा. गौतमले जानकारी दिए । यसैसँग नेपालमा ७३ जना पुरुषको मृत्यु भएको छ भने २२ जना महिलाको मृत्यु भएको छ।

प्रवक्ता डा. गौतमकअनुसार पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण भएसँगै हालसम्मको संक्रमितको संख्या २४ हजार नौ सय ५७ पुगेको छ ।

यस्तै सक्रिय संक्रमितको संख्या ८ हजार २५ जना छ भने १६ हजार ८ सय ३७ जना कोरोनाभाइरसमुक्त भएका छन्। बिहीवार पुष्टि भएका सङ्क्रमितहरूमा सबैभन्दा धेरै काठमाडौं जिल्लाका १११ जना र मोरङका ८८ जना रहेका छन्। काठमाडौं उपत्यकाका ललितपुरमा ११ र भक्तपुरमा ५ सङ्क्रमित थपिएका छन्। देशभरि सक्रिय सङ्क्रमितहरूमध्ये ४६६ जना घरमै रहेको मन्त्रालयको तथ्याङ्क छ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here