अस्पतालका मेसू, नर्ससहित ३५० बढी स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

काठमाडौं, २७ साउन ।
कोरोनाबाट अतिप्रभावित भएको प्रदेश २ को नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग गर्दै सामूहिक राजीनामा दिएका छन् । संक्रमितको उपचारमा सक्रिय रहेको नारायणी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि ३ सय ५० भन्दा बढी कर्मचारीले सामुहिक राजीनामा दिएका छन् ।

नारायणी अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने, अस्पतालमा आक्रमणपछि भएको क्षतिको क्षतिपूर्ति र शान्ति सुरक्षाको माग राख्दै सामुहिक राजीनामा बुझाएको अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

अग्र स्थानमा खटिएका स्वास्थ्यकर्मीलाई मनोबल उच्च बनाउनुपर्नेमा झनै आक्रमण गरि असुरक्षा पैदा गरेकाले काम गर्न नसक्ने स्थिति सृजना भयो र हामीले सामुहिक राजीनामा दिएका हौ, उपाध्यायले भन्नुभयो ।

नारायणी अस्पतालले नारायणी अस्थायी कोभिड अस्पतालमा सहित हालसम्म ११ सय भन्दा बढी कोरोना संक्रमितको उपचार गरेको छ । संक्रमितको उपचारमा खटिएका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ ।
गत शुक्रबार वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको उपचारका विषयलाई लिएर अस्पतालमा आक्रमण भएको थियो ।

Soc: healthpati

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here