फेरि सर्‍यो एन्फाको साधारण सभा

काठमाडौं, २६ साउन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा फेरि सरेको छ ।

एन्फाले आज प्रस विज्ञप्ती प्रकाशित गर्दै अर्को सूचना जारी नहुँदा सम्मको लागि १९ औं साधारणसभा स्थगित गरिएको जनजाएको छ ।

यसअगाडी एन्फाले भदौ १५ गते साधारणसभा गर्ने निर्णय गरेपनि अहिले कोरोना भाइरसको संक्रमणको दर बढ्न थालेको र समुदायस्तरमा संक्रमणको विस्तार हुनसक्ने उच्च जोखिम भएको अवस्थामा सतर्कता अपनाउनुपर्ने भएकाले स्थगित गरिएको एन्फाका प्रबक्ता किरण राईले जानकारी दिनुभयो ।

यसअघि एन्फाले गत चैतका लागि निर्धारण गरेको साधारण सभा कोरोनाकै कारण स्थगित गरेको थियो ।

सहज भएको अवस्थामा भदौ १५ का लागि तग गरिएको साधारण सभा फेरि स्थगित गरिएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here