नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ साउन ।
सोमबार देशका विभिन्न ठाउँमा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएका हुन् ।

यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् ।

यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन् । विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ ।

त्यस्तै ७६ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको मन्त्रालयले जनाएको छ ।

Soc: setopati

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here