जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

काठमाडौं, २६ साउन ।
एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको हरिसिद्धि बस्ने २८ वर्षीय रामशरण विक र २१ वर्षीय रामकुमार सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमाथि २१ वर्षीया महिलालाई रोकिराखेको ग १ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको अभियोग लागेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले गएराति उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्येका विक चितवनको खैरेनी नगरपालिका वडा नम्बर–३ र सुनुवार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–८ को रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here