आज मन्त्रिपरिषद् बैठक बस्दै, के होला त फेरी लकडाउन ?

मन्त्रिपरिषद बैठक । तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं, २६ साउन ।
प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बोलाएका छन् । ५ बजे बस्ने बैठकले कोरोनालक्षित केही महत्वपूर्ण निर्णय लिन सक्ने एक मन्त्रीले बताए ।

बैठकले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य उडानको समयावधि थपका विषयमा निर्णय गर्न सक्ने ती मन्त्रीले बताए ।

यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान खुला गर्ने निर्णय गरेको थियो ।

आईतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोना संक्रमणका विषयमा समीक्षा गरी मन्त्रिपरिषदमा पेश गर्न प्रस्ताव तयार गरेको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेश भएपछि छलफल गरेरमात्रै निर्णय हुने भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here