नेपालमा थप ३८० जना कोरोना संक्रमित थपिए

बागलुङ, २५ साउन ।
गएको २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २२,९७२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,५४४ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३५३ जना भाइरसमुक्त भएका छन् ।

शनिवार तीन जनाको मृत्यु भएको थियो भने बिहीवार र शुक्रवार पाँच-पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here