धौलागिरी क्याम्पसको आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

बागलुङ, २० साउन ।
बागलुङको धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसन कक्षमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि  भएको छ ।

आइसोलेसन कक्षमा कार्यरत २५ बर्षिय नर्सलाई कोरोना पुष्टि भएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त प्रमुख डा. शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिनुभयो । उहाँले आइसोलेसनमा कार्यरत रहँदा कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा मंगलबार पोजेटिभ रिपोर्ट आएको बताउनुभयो ।

नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार राती नै धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

क्याम्पसको आइसोलेसनमा अस्पताल अन्तरगत संचालन हुँदै आएको थियो । आइसोलेसन कक्षमै उपचाररत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेको छ ।

संक्रमित युवतीसँग सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदा सम्मको लागि ओपिडि सेवा बन्द गरेको डा. पोखरेलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here