
बागलुङ, २० साउन ।
मानव सेवा आश्रम लाई बागलुङका समाजसेवी स्वर्गीय निर्देश राजभण्डारीको स्मृतिमा खाध्यान्न सहयोग गरिएको छ ।
नेवारी संस्कृति गाईजात्रा पर्वको पावन अवसरमा मानवीय सेवाको क्षेत्रमा समर्पित संस्थालाई बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी बागलुङ नगरपालिकाका पुर्व उप मेयर पध्मचन्द्र राजभण्डारीका जेष्ठ पुत्र निर्देशको संझनामा करिब ७ हजार बराबरको खाध्यान्न आश्रमलाई हस्तान्तर गरिएको थियो ।

कार्यक्रममा परिवारजनको तर्फबाट भाइ राजेशचन्द्र राजभण्डारी, मित्र निर्मल श्रेष्ठ लगायतले समाजको लागि महत्त्वपूर्ण भुमिका खेलेका ब्यक्ति निर्देश राजभण्डारीको अल्प आयुमै मृत्यु हुदा समाजले ठूलो क्षति बेहोर्नु परेको धारणा ब्यक्त गरेका थिए ।
मानव सेवा आश्रम सहयोगीहरूकै सहयोगमा संचालन हुदै आएको छ । आश्रममा अहिले ४० जना अपांग जेष्ठ नागरिक महिला बालबालिकाले आश्रय लिएर बसिरहेका छन् ।











